शेयर बजारमा दोहोरो अंकको वृद्धि, काराेबार रकम कति ?

शेयर बजारमा दोहोरो अंकको वृद्धि, काराेबार रकम कति ?


काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। आज शेयर बजार नेप्से परिसूचक ३३ दशमलव १५ अंकले बढेर २,११५ को विन्दुमा कायम भएको छ। आज २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । आज जलविद्युत कम्पनीमा चमक देखिएको छ।

आज दिनभरिमा ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।