काठमाडौं – चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ लाख २६ हजार १ सय ९१ जनाले सहुलियपूर्ण कर्जा लिएका छन्। जसमा १ खर्ब ३८ अर्ब ७१ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको देशको वित्तीय अवस्थाको विवरणले यस्तो देखाएको हो।
यसमध्ये, कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४९ हजार ६३ ऋणीलाई प्रवाह भएको ९४ अर्ब ४ करोड कर्जा बक्यौता रहेको छ। त्यस्तै, महिला उद्यमशील कर्जा अन्तर्गत ७४ हजार ९ सय ४२ महिला उद्यमीलाई प्रवाह भएको रु.४२ अर्ब ८७ करोड कर्जा बक्यौता रहेको छ। सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार १ सय ८६ ऋणीको रु.१ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ।
प्रतिक्रिया