काठमाडौं– कुमारी बैंक लिमिटेडले पाँच लाख बढी संस्थापक शेयर लिलामीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको पाँच लाख ८१ हजार २५१ कित्ता शेयर आज जेठ २९ गतेदेखि लिलामीमा ल्याएको हो। यस शेयर खरिदका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।
न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको शेयर खरिदका लागि आवेदन दिँदा घटीमा एक लाख कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।
इच्छुकले नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा असार ४ गते अपरान्ह ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।



About Us
प्रतिक्रिया