काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिना सम्ममा कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढेको देखाएको छ। बैंकले १० महिनाको तथ्यांकमा आधारित देशको आर्थिक स्थिति सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ को दश महिनामा कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढेको उल्लेख गरेको हो। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ बैशाख मसान्तमा यस्तो कर्जा ५.९ प्रतिशतले बढेको छ।
त्यस्तै, केन्द्रीय बैंकले समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी १२.० प्रतिशतले घटेको उल्लेख गरेको छ भने अघिल्लो वर्ष यस्तो दावी १३.१ प्रतिशतले बढेको उल्लेख गरेको छ। वार्षिक बिन्दुगत आधारमा २०८१ वैशाख मसान्तमा यस्तो दावी ५.४ प्रतिशतले बढेको छ ।
साथै, समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ४.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ वैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया