काठमाडौं – प्राइम कमर्सियल बैंकले दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ। आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो सञ्जाल विस्तार गरेको जनाएको छ। बैंकले २०८१ साल जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा विस्तारित काउन्टर खोलेको हो।
स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष शजय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको समुदघाटन गरे । यसैगरी, जेठ २७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा खुलेको विस्तारित काउन्टरको उद्घाटन वडा नम्वर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, ब्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीेको उपस्थितिमा गरे।
सो सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। नयाँ २ एक्सटेन्सन काउन्टरसहित बैंकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ।



About Us
प्रतिक्रिया