काठमाडौं – नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मनोज कुमार ज्ञवालीले उत्पादन क्षेत्रमा लगानी गर्न सकेमात्र देशको विकास हुने बताएका छन्। सोमबार साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आयोजित ‘आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा ज्ञवालीले आर्थिक उत्पादनमा लगानी गर्न सकेमात्र देशको विकास हुने बताएका हुन्।
साउथवेस्टन स्टेट कलेजका प्राचार्य डा. राजेन्द्र केसीले देशको न्यूनतम आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट ल्याउनुपर्ने बताए। साउथवेस्टन स्टेट कलेजका सहप्राचार्य हरिसिंह केसीले करको दर होइन दायरा बढाएर अगाडि बढेमात्र राजस्व बढ्ने र देशको आर्थिक विकासमा सहयोग पुग्ने बताए । उनले भने, ‘देशको अर्थतन्त्रको महत्वपूर्ण माध्यम कृषि, पर्यटन र ऊर्जा लगायतका क्षेत्र हुन्। यस्ता क्षेत्रमा लगानी प्रवर्र्धन गर्न बजेटले प्राथमिकता दिनुपर्छ।’



About Us
प्रतिक्रिया