काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले आज २८ गते (सोमबार) देखि संस्थापक शेयरधनीहरूको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यो सेयर खरिदका लागि जो कोहि व्यक्ति, कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ।
इच्छुक लगानीकर्ताले काठमाडौंमा रहेको कुमारी क्यापिटलमा आवेदन दिन सक्नेछन्। आवेदन पेस गर्ने अन्तिम दिन असार ३ गते रहेको छ।
प्रतिक्रिया