काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुमा ८९ हजार ग्राहकको खाता बन्द रहेको पाइएको छ। जसमा चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखमा मात्रै ४० हजार ग्राहकको खाता बन्द भएकाे छ।
बन्द हुनेमा २०४७ साल यता बैंक तथा वित्तीय संंस्थाहरुमा कर्जा लिएर नतिर्ने ऋणी र चेक बाउन्समा परेर पनि पैसा नतिर्ने ऋणीहरुको खाता छन्। कर्जा सूचना केन्द्रका अनुसार जेठ २४ गतेसम्म ८९ हजार ग्राहकका खाता चेक बाउन्स र ऋण नतिरेका कारण ‘ब्लक’ हुन पुगेका हुन्।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिरेका तथा बैंकको सम्पर्कमा नआएका ऋणीहरु यसरी खराब सूचीमा पर्ने गरेका छन्। ऋण नउठेपछि बैंकहरुले धितो लिलामी गर्नु अगाडि उनीहरुलाई खराब सूचीमा राखेर धितो असुल नगरुन्जेल वित्तीय सेवाबाटै वञ्चित गराउँछन्।
केन्द्रका अनुसार ऋण तिर्न र बैंकले धितोबाट असुल समेत गर्न नसकेका ३९ प्रतिशत ऋणी छन् भने ६१ प्रतिशत चेक बाउन्समा परेकाहरु छन्। खाता ब्लक हुँदा सम्बन्धित ग्राहक वित्तीय अधिकारबाट समेत पूर्णरुपमा वञ्चित हुन्छन्।



About Us
प्रतिक्रिया