असार मसान्तभित्र केवाईसी अद्यावधिक गर्न एनआईसी एशिया क्यापिटलको आग्रह


काठमाडौं – एनआईशी एशिया क्यापिटलले खातावालालाई केवाईसी अपडेट गर्न आग्रह गरेको छ। कम्पनीले एनआईसी एशिया क्यापिटल र यसका शाखा तथा एनआईशी एशिया बैंकका शाखाबाट २०८० असार मसान्तसम्म हितग्राही (डिम्याट) खाता खोलेका खातावालालाई केवाईसी अपडेट गर्न आग्रह गरेको हो।

हितग्राही खाता खोल्दा उपलब्ध गराएको विवरणसँग हालको विवरण परिवर्तन भएमा एनआईसी क्यापिटल वा यसका शाखामा यधाशीघ्र सम्पर्क राखी अपडेट गर्न भनिएको हो। केवाईसी अद्यावधिक प्रयोजनका लागि फारम कम्पनीको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ।