काठमाडौं – यो साता सुनचाँदी व्यवसायीहरू सरकारसँग रूष्ट बनेका थिए। अघिल्लो साता सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर बढाएकाेमा सुनचाँदी व्यवसायीहरू आन्दोलमा उत्रिए। सरकारले आर्थिक ऐन २०८१ मार्फत सुनको भन्सार दर ५ प्रतिशतले वृद्धि गरेको र सुनको कोटा प्रणालीविरुद्ध उनीहरु आन्दोलित भएका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न आभूषण संघ लगायतका संघ संस्थाका प्रतिनिधिहरूले विरोध प्रर्दशन गरेका थिए।
साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य घटेको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, साताको पहिलो दिन आइतबार २ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १ हजार रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
आइतबार र सोमबार घटेको सुनको मूल्यले मंगलबार बढ्दै नयाँ रेकर्ड कायम राख्यो। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य त्यसदिनसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यस दिन सुनकाे मूल्यले जेठ १८ गतेकाे रेकर्ड ताेडेकाे थियाे। मंगलबार सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ पुगेको थियाे। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी रहेको थियो। त्यसदिन तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएकाे थियाे। सोमबारको तुलनामा भने मंगलबार सुनको भाउ प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो।
मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य बुधबार प्रतितोला पाँच सय रूपैयाँ घटेकाे थियाे। बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार थियाे । बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको थियो। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य त्यसदिनसम्मकै उच्च विन्दुमा थियो। यसअघि मंगलबार उच्च मूल्यमा सुनको कारोबार भएको थियो। बुधबार प्रतितोला एक लाख ४४ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार तीन सय रूपैयाँ बढी थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यसअघि बिहीबार उच्च मूल्यमा सुनको कारोबार भएको थियो। शुक्रबार सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ।
यो साताको पहिलो कारोबारको दिन आइतबार सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो भने अन्तिम सातासम्म आइपुग्दा एक लाख ४५ हजार रूपैयाँ पुगेको थियो। यसरी हेर्दा यो साता सुनको मूल्यमा ३ हजारले बढेको देखिन्छ ।
प्रतिक्रिया