काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार पनि रु. ३० अर्बको निक्षेप संकलन गरेकाे छ। वित्तीय प्रणालीको अधिक तरलता नघट्ने भएपछि आज केन्द्रीय बैंकले १४ दिन अवधिको रू.३० अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्नेकाे हाे।
बैंकिङ्ग प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई निकै सकस परेको छ। बैंकिङ्ग प्रणालीमा निक्षेपको तुलनामा कर्जाको माग बढ्न नसक्दा तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई गाह्राे परेकाे हाे। निक्षेप बढ्दै जाँदा अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल आएको आएको अवस्थामा राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै तरलता व्यवस्थापन गर्नुपर्छ।
अधिक तरलता बढ्दै जाँदा जेठ महिना लागेयता केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी पौने ३ खर्ब रुपैयाँ बढी बैंकिङ्ग प्रणालीबाट तानिसकेको छ।
यसअघि राष्ट्र बैंकले जेठ १ गते १० अर्ब रुपैयाँ, जेठ ३ गते ५० अर्ब रुपैयाँ, जेठ ४ गते ३५ अर्ब रुपैयाँ, जेठ ७ गते १० अर्ब रूपैयाँ, २५ अर्ब रुपैयाँ, जेठ ११ गते ३५ अर्ब रुपैयाँ, जेठ १७ गते ५० अर्ब रुपैयाँ, १८ गते २५ अर्ब, २४ गते ४० अर्ब निक्षेप संकलन उपकरण प्रयोग गर्दै तरलता खिचेको थियो। कर्जाको माग नबढेपछि बैंक तथा वित्तीय संस्थाहरु पनि एकदम न्यून ब्याजदरमा केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।



About Us
प्रतिक्रिया