शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम कति ?

शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम कति ?


काठमाडौं – आज साताको अन्तिम काराेबारकाे दिन बिहीबार शेयर बजारमा झिनो अंककाे गिरावट देखिएको छ। यस दिन शेयर बजार नेप्से परिसूचक १ दशलमव ९३ अंकले घटेर २,०७७ को विन्दुमा कायम भएको छ। आज १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरमा ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै एनआरएनको १८ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सिइडिबी हाइड्रोपावरको १४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। पोखरा फाइनान्सको १४ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपाल रमिड सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन्। बिहीबार यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। बुद्ध भुमी नेपालका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन्। माण्डु हाइड्रोका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन्।