काठमाडाैं – कृषि विकास बैंक लिमिटेडले शेयरधनीलाई लाभांश रकम लिन आग्रह गरेको छ। बैंकले सूचना जारी गर्दै विभिन्न साधारणसभाबाट पारित लाभांश सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा हुने व्यवस्था रहे पनि केही शेयरधनीले हालसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएकापछि बैंंकले सूचना जारी गर्दै खाता अद्यावधिक गराएर लाभांश रकम लिन आग्रह गरेको हो।
पाँच वर्षसम्म पनि लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएमा उक्त लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकद्वारा जारी सूचनामा उल्लेख छ।



About Us
प्रतिक्रिया