६.२२ अकंले बढ्यो शेयर बजार, काराेबार रकम कति ?

६.२२ अकंले बढ्यो शेयर बजार, काराेबार रकम कति ?


काठमाडाैं– सोमबार छिनो अकंले घटेको शेयर बजारमा मंगलबार भने केही सुधार आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२२ अकंले बढेर २०८५.३० बिन्दुमा बन्द भएको छ । मंगलबार ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४७ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १० उपसूचक हरियाली भएका छन्। मंगलबार बैकिङ्ग समूहको ०.११ प्रतिशत, विकास बैंक समूहको ०.५७ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१० प्रतिशतले शेयर मूल्य बढेको हो।

आज सिइडिबि हाइड्रोपावरको २० करोड ९२ लाख रुपैयाँ, नेपाल फाइनान्सको १२ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ।