काठमाडौं – प्रभु बैंक लिमिटेड र स्वीस कन्ट्याक्टस एनएएमडीपी फेज आइआइबीच सम्झौता भएको छ। सोमबार प्रभु बैंक लिमिटेड र स्वीस कन्ट्याक्टसरनेपाल एगृकल्चरल मार्केट डेपलपमेन्ट प्रोग्राम (एनएएमडीपी) आइआइबीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी ‘ग्रोइङ् टूगेदरस् अ ससटेन्बल एगृकल्चर इन्सेटेटीभ फर कोशी प्रोभाइन्स’नामक परियोजनाका लागि सम्झौता भएको छ।
सो सम्झौतापत्रमा सो कार्यक्रमको तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरतारव्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराईने बताइएको छ।



About Us
प्रतिक्रिया