काठमाडाैं – नेपाल राष्ट्र बैंकले ऋण भुक्तानी आम्दानीको विषयमा जानकारी दिँदै आम्दानी र खर्चको सही हिसाब गरेरमात्र कर्जा उपयोग गर्न आग्रह गरेको छ। राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ऋण भुक्तानी आम्दानीको विषयमा जानकारी दिएको हो।
बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा भुक्तानी गर्न सक्ने क्षमताको विश्लेषण गर्दा ऋणीको आम्दानीको तुलनामा कर्जा भुक्तानीको दायित्व कति छ भनेर गणना गर्ने गर्दछन्। ऋणीको कर्जा भुक्तानी दायित्वलाई कुल आयले भाग गरेपछि आउने अनुपातलाई ‘ऋण भुक्तानी आम्दानी अनुपात’ भन्ने गरिन्छ।
बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा तथा हायर पर्चेज कर्जालगायतका किस्ता भुक्तानीमा आधारित गैरव्यावसायिक कर्जा तथा व्यक्तिगत अधिविकर्ष कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ५० प्रतिशत हुनुपर्ने व्यवस्था छ। घर–जग्गा खरिदरनिर्माण प्रयोजनमा प्रवाहित कर्जामा भने यस्तो अनुपात अधिकतम ७० प्रतिशतसम्म हुने गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।




About Us
प्रतिक्रिया