मौद्रिक नीति लचिलो ल्याउँछौं : गभर्नर अधिकारी


काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको लागि लचिलो मौद्रिक नीति ल्याउँने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो र तेस्रो त्रैमासिक समीक्षामा नै पनि लचिलो कार्यदिशा अवलम्बन गरेको उल्लेख गरेका छन् । उनले कर्जा र ब्याजदरप्रति धेरै चासो भएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताए ।

उनले पुँजीगत खर्च पनि उत्पादनशील नभएको र लगानी उत्पादनशील बनाउनको लागि राष्ट्र बैंकले लिएका नीतिहरू बैंक स्रोतलाई सही ठाउँमा सदुपयोग नभएको उल्लेख गरे । उनले राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति खुला भएर बनाउँने पनि बताए ।