काठमाडाैं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकमा बैंकिङ्ग प्रणालीमा निक्षेप संकलनमा वृद्धि भएको देखिएको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार जेठ १३ गते बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ६२ खर्ब ७ अर्ब रुपैयाँ रहेको छ। जेठ १२ गते बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ६२ खर्ब थियो। यसरी हेर्दा बैंकिङ्ग प्रणालीमा एकै दिन ७ खर्ब रुपैयाँले निक्षेप संकलन बढेको देखिन्छ।
तथ्यांकअनुसार जेठ १३ मा वाणिज्य बैंकहरुको कुल निक्षेप ७ अर्ब रुपैयाँले बढेर ५४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ८३ अर्ब रुपैयाँ थियो।
जेठ १३ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेर ५१ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। १२ गते बैंकहरुको कुल कर्जा लगानी ५१ खर्ब १६ अर्ब रुपैयाँ रहेको थियो।
जेठ १३ मा बैंकहरुको औसत सीडी रेसियो घटेर ८०.२२ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८.२९ प्रतिशत थियो । १३ गतेको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर पुनः ३ प्रतिशतभन्दा तल झरेको छ। अघिल्लो दिनसम्म अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम थियो ।



About Us
प्रतिक्रिया