काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन कास्कीको पोखरा-८, पृथ्वीचोकमा रहेको ‘दिर्घायु पोखरा अस्पताल’ (Dirghayu Pokhara Hospital) संग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ। यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले दिर्घायु पोखरा अस्पताल को विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स-रे, औषधी आदिमा विशेष २०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोवारलाई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग बचत आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।



About Us
प्रतिक्रिया