काठमाडौं – बैंकिङ्ग प्रणालीको निक्षेप सङ्कलनमा केही गिरावट आएको छ। नेपाल राष्ट्र बैंकको जेठ ११ र १२ गतेको तथ्यांकअनुसार एक दिनमा निक्षेप सङ्कलन २ अर्बले घटेको छ। राष्ट्र बैंकको जेठ १२ गतेको तथ्याङ्क अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६२ खर्ब निक्षेप सङ्कलन भएको छ। जेठ ११ गते भने ६२ खर्ब २ अर्ब निक्षेप रहेको थियो ।
सो समयमा वाणिज्य बैंकहरूबाट ५४ खर्ब ८५ अर्ब निक्षेप सङ्कलन भएको छ। ११ गते वाणिज्य बैंकहरूबाट ५४ खर्ब ८५ अर्ब निक्षेप सङ्कलन भएको थियो । त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा गिरावट आएको छ। गत जेठ १२ गते बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब १६ अर्ब कर्जा प्रवाह गरेका छन्। ११ गते भने बैंक वित्तीय संस्थाले ५१ खर्ब १७ अर्ब कर्जा प्रवाह गरेका थिए। साथै, राष्ट्र बैंकको तथ्यांकले वाणिज्य बैंकबाट हुने कर्जा प्रवाहमा पनि केही गिरावट आएको देखाएको छ। वाणिज्य बैंकबाट प्रवाह हुने कर्जा पनि १ अर्बले घटेको हाे।
सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ८०.२९ कायम भएको छ। ११ गते सिडी रेसियो ८ं०.२८ रहेको थियो। यसरी हेर्दा बैंकको सिडी रेसियो बढेको देखिन्छ। केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ। ११ गते पनि अन्तर बैंक ब्याजदर ३ प्रतिशतनै रहेको थियो।



About Us
प्रतिक्रिया