काठमाडाैं– सरकारले आउँदो आर्थिक वर्षका निम्ति कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा मंगलबार उक्त रकमको बजेट प्रस्तुत गरेका हुन्। कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९।७४ प्रतिशत रहेको छ।
नेपालमा पुँजीगतभन्दा वित्तीय व्यवस्थामा धेरै विनियोजन भएको छ। ऋणको साँवा तथा ब्याज भुक्तानीको दायित्व बढ्दै गएपछि सरकारले वित्तीय व्यवस्थामा धेरै विनियोजन गरेको हो।खर्च जुटाउनका लागि सरकारले १२ खर्ब ६० अर्ब उठाउने, ५२ अर्ब वैदेशिक अनुदानबाट व्यवस्था गर्ने अनुमान गरेको छ। आगामी वर्ष २ खर्ब १७ अर्ब वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य लिएको सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ।






About Us
प्रतिक्रिया