सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार 

सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार 


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  ३.९३ अकंले बढेर २१११.६१ बिन्दुमा बन्द भएको छ। सोमबार ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो।

साताको दोस्रो कारोबारको दिन १० उपसूचकमा हरियाली आएको छ।आज बैंकिङ्ग समूहको ०.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४९ प्रतिशत र निर्जीवन बीमा समूहको ०.२२ प्रतिशतले शेयर मूल्य ओरालो लागेको हो।

सोमबार २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज मुक्तिनाथ कृषि कम्पनी र नेपाल हाउजिङको शेयरमा सकारात्मक सर्किट लागेको हो।