काठमाडौं – सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। रिटमा महान्यायधिवक्ता कार्यालयको पत्र खारेजीको पनि माग गरिएको छ।
सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न र उनी विरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएकाे हाे। उक्त रिटमाथि छलफल गर्न आउँदो बुधबारका लागि पेशी तोकिएको छ।
अधिवक्ता अनुपम भट्टराईले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्। गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट यसअघि सर्वोच्च अदालतले दरपीठ गरेको थियो। त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो।
त्यस्तै, रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाइएको छ।
प्रतिक्रिया