काठमाडौं – नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणाली निक्षेप संकलन ६२ खर्ब माथि पुगेको छ। राष्ट्र बैंकको जेठ ९ र १० गतेको तथ्यांकलाई नियाल्ने हो भने एक दिनमा निक्षेप संकलन १ अर्बले घटेको देखाउँछ ।
राष्ट्र बैंकको जेठ १० गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६२ खर्ब ४ अर्ब निक्षेप संकलन भएको छ। जेठ ९ गते भने ६२ खर्ब ४ अर्ब निक्षेप रहेको थियो। एकदिनमा १ अर्बले निक्षेप संकलन घटेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ।
सो समयमा वाणिज्य बैंकहरुबाट ५४ खर्ब ८७ अर्ब निक्षेप संकलन भएको छ। सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ८०.२३ कायम भएको छ। ९ गते सिडी रेसियो ८ं०.२५ रहेको थियो । यसरी हेर्दा बैंकको सिडी रेसियो घटेको देखिन्छ।
केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर २.९८ प्रतिशत रहेको देखाएको छ। ९ गते पनि अन्तर बैंक ब्याजदर २.९८ प्रतिशतनै रहेको थियो ।
प्रतिक्रिया