काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी जारी गरिएको एकीकृत निर्देशनमा संशोधन/परिमार्जन र थप गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयन गर्न एकीकृत निर्देशनमा हेरफेर गरेको जनाएकाे हो। जसमा बैंकले १४ वटा व्यवस्थामा हेरफेर गर्दै ५ वटा व्यवस्थामा संशोधन गरेको छ ।
आइतबार केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै असल कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न, घर कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम गर्न, बैंकहरुलाई २० प्रतिशत सेयर लगानी बेच्ने बाटो खोल्न तथा २५ लाखभन्दा ठुलो सवारी कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० मा झार्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।



About Us
प्रतिक्रिया