नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति?

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति?


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१४ अकंले घटेर २१०९.३४ बिन्दुमा बन्द भएको छ ।

आइतबार ३१५ कम्पनीको १ करोड १० लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ । आज ११ उपसूचक राताम्य भएका छन् । आइतबार बैंकिङ्ग समूहको ०.८७ प्रतिशत, विकास बैंकको १.१६ प्रतिशतले शेयर मूल्य घटेको हो।