रु.३ अर्बको ऋणपत्र ल्याउँदै नेपाल एसबीआई बैंक

रु.३ अर्बको ऋणपत्र ल्याउँदै नेपाल एसबीआई बैंक


काठमाडौं –  नेपाल एसबीआई बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र ल्याउन लागेको भएकाे छ। बैंकले रू. ३ अर्ब रुपैयाँ बराबरको साे ऋणपत्र ल्याउन लागेकाे हाे । जसका लागि बैंकले निष्कासनको अनुमति माग्दै बैंकले वैशाख २ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

यो ऋणपत्रकाे समयावधि १० वर्ष ताेकिएकाे छ। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। नेपाल एसबीआई बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग रहेको छ।