काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम र महोत्तरीमा वृक्षारोपण गरेको छ । बैंकले इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी – ०१ मा करिब २५० वटा र महोत्तरी जिल्लास्थित बर्दिबास नगरपालिकाको किसन नगर–०६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरेको हो।

बैंकले उक्त कार्यक्रम हरियाली प्रवद्धनका लागि आयोजना गरेको जनाएको छ। सो कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति रहेको थियो।साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको जुनसुकै एटीएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।



About Us
प्रतिक्रिया