काठमाडाैं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि दाेह्राेराे अंकले बढेकाे छ । आज नेप्से परिसूचक आज २७.५४ अकंले बढेर २०९२.०० को बिन्दुमा कायम भएको हो। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् कर्जा प्रवाह विस्तारमा केहि लचिलो नीति लिएपछि त्यसको सकारात्मक शेयर बजारमा देखिएको छ। जसका कारण माैद्रिक नीतिकाे समिक्षा प्रश्चात् शेयर बजार लगातार आइतबार र सोमबार बढेको हो ।
आज बैंकिङ्ग समूह सबैभन्दा धेरै बढेको छ । यस उपसमूह आज ४.१८ प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा धेरै वित्त समूह घटेको छ। यो समूह ०.५८ प्रतिशतले घटेको छ ।आज ३ सय १५ कम्पनीको १ करोड ४३ लाख कित्ता सेयर ८० हजार ९०२ पटक खरिदबिक्री हुँदा ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको बारोबार भएको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको हो। आइतबार ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। आजकाे कारोबार रकम भने पाँच महिना यता कै उच्च हाे । यसअघि माघ ८ गते ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँ कारोबार पुगेको थियो ।
आज पोखरा फाइनान्सको आज सर्वाधिक कारोबार भएको छ । फाइनान्सको आज १९ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । चार कम्पनीको सेयरमा आज सकारात्मक सर्किट लागेको छ। सामुदायिक लघुवित्त, बुद्धभुमि नेपाल, भगवती हाइड्रोपावर र नेरुडे लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ।
प्रतिक्रिया