राष्ट्रिय वाणिज्य बैंकको सीईओमा ५ जनाको नाम छनोट

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा ५ जनाको नाम छनोट


काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जनाको नाम सर्टलिष्टमा परेको छ । सीईओ पदका लागि सर्टलिष्टमा पर्नेहरुमा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन् ।

साथै बैंकले उम्मेदरवारहरुलाई जेठ ९ गते फरक–फरक समयमा प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि उपस्थित हुन आग्रह गरेको छ । बैंकले उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने पाँच जनालाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाएको हो ।

सर्टलिष्टमा परेकामध्येबाट संचालक समितिले एक जनालाई सीईओ नियुक्त गर्ने उल्लेख छ ।