बैंकिङ्ग प्रणालीबाट १० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ्ग प्रणालीबाट १० अर्ब खिच्दै राष्ट्र बैंक


काठमाडौं– तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज अर्थात जेठ ७ गते फेरि १० अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीबाट तान्ने भएको छ। केन्द्रीय बैंकले आज फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक १० अर्ब रुपैयाँ खिच्न लागेको हो।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७ दिने निक्षेप संकलन उपकरणको जेठ १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।