कामना सेवा विकास बैंक र एफ वान सफ्ट इन्टरनेशनल प्राइभेटबीच सम्झौता


काठमाडौं– कामना सेवा विकास बैंक र एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङ्ग रजिष्टार गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरुले रु. ५० को टप–अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकहरुलाई मात्र मान्य हुनेछ।

त्यसैगरी, ग्राहकहरुले न्यूनतम रु. १०० को टप–अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की–ड्र मार्फत इयरबड जित्न सक्नुहुनेछ । यो अफर नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई मान्य हुनेछ।

यसैगरी, कारोबार गर्ने ग्राहकहरु मध्ये एकजना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्नेछन्। योजना जेठ मसान्त–भर लागु हुनेछ । बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।