काठमाडौं– चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितो कर्जामा ८६ अर्ब १८ करोड लगानी गरेका छन् । बैंक वित्तीय संस्थाबाट प्रवाह भएको यो शेयर धितो कर्जा रकम अघिल्लो वर्षको असार मसान्तसम्मको तुलनामा १२.९ प्रतिशत बढी हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत २०८० असार मसान्तसम्म ७६ अर्ब ३० करोड रुपैयाँ प्रवाह भएको थियो ।
यो चैत मसान्तसम्म शेयर धितो कर्जामा १ करोडमाथिको कर्जा ५२ अर्ब ६१ करोड प्रवाह भएको छ भने ५० लाखदेखि १ करोडसम्मको १२ अर्ब प्रवाह भएको छ । त्यस्तै, २५ लाखदेखि ५० लाखसम्म १४ अर्ब १८ करोड र २५ लाखभन्दा मुनिको ७ अर्ब ३७ करोड प्रवाह भएको छ ।
असार मसान्तसम्मको तुलनामा १ करोडमाथिको कर्जा सबैभन्दा धेरै १७.७ प्रतिशत बढेको छ । त्यस्तै, २५ लाखदेखि ५० लाखसम्मको कर्जा ११ प्रतिशत बढेको छ भने २५ लाख मुनिको ४.९ र ५० लाखदेखि १ करोडसम्मको कर्जा २ प्रतिशत बढेको छ ।
प्रतिक्रिया