काठमाडाैं– जिल्ला प्रहरी कार्यालय उदयपुरले ‘द लाईब्रेरी क्याफे’ नामक ‘ई–लाईब्रेरी’ सहितको पुस्तकालय सञ्चालनमा ल्याएको छ। जिप्रका उदयपुरले साे पुस्तकालय त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयसँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो ।


आइतबारबाट सञ्चालनमा आएको ‘ई–लाईब्रेरी’ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखकहरुको साहित्य, लेख, रचनाका साथै विभिन्न शीर्षक र विषयमा तयार गरिएका ‘रिसर्च पेपर थेसिस’ का दुई करोडभन्दा बढी ‘ई–बुक’ रहेका छन् । त्यस्तै, पुस्तकालयमा करिब तीन हजार पुस्तक राखिएको छ।

जिप्रका उदयपुरका अनुसार कार्यालय समयसम्म उक्त पुस्तकालय खुल्ला रहनेछ। ई–लाईब्रेरी मा पुस्तक पढ्न इच्छुक जाेसुकैले निःशुल्क रूपमा पुस्तक पढ्न पाउने छन्।



About Us
प्रतिक्रिया