ठमेलमा आठ करोड लागतमा रियल थेरापी तथा ब्यूटी प्वाइन्ट सञ्चालनमा

ठमेलमा आठ करोड लागतमा रियल थेरापी तथा ब्यूटी प्वाइन्ट सञ्चालनमा


काठमाडौं– व्यस्त दैनिकी र अव्यवस्थित जीवनशैलीले विशेषगरी सहरी जीवन अस्तव्यस्त बनिरहेको छ। काम विषेशले मानिसले शरीरको ख्याल गर्नसमेत नभ्याउने अवस्था छ। यसैबीच शारीरिक र मानसिक तनाव कम गराउने उद्देश्यले मुलुकको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा रु. आठ करोड लागतमा रियल थेरापी तथा ब्यूटी प्वाइन्ट सञ्चालनमा आएको छ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी भविश्वर शर्माले अत्याधुनिक सुविधा सम्पन्न रियल थेरापी सञ्चालनमा ल्याएका छन्। ठमेलमा विगत २२ वर्षदेखि रियल थेरापी सञ्चालन गरेका शर्माले आधुनिक संरचनासहित थप सुविधासहित रियल थेरापी सुरु गरेका हुन् ।

चारतले सुविधायुक्त भवनमा सञ्चालित रियल थेरापीको आज एक कार्यक्रमकाबीच कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, मनोज गजुरेल, स्वस्तिमा खड्का, निर्मल शर्मा र काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले संयुक्तरुपमा उद्घाटन गरे ।

अत्याधुनिक संरचनासहित पारिवारिक वातावरणमा सञ्चालन भएको रियल थेरापी स्वास्थ्य पर्यटनको महत्वपूर्ण आधार भएको कलाकारहरुले बताए । व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन रियल थेरापी सान्दर्भिक हुने उनीहरुको बुझाइ छ ।

कलाकार दीपाश्री निरौलाले रियल थेरापी तनाव विसर्जन गर्ने उपयुक्त ठाउँ भएको उल्लेख गरे । ‘रियल थेरापी तनाव विसर्जन गर्ने ठाउँ हो, यहाँ महिला, पुरुष र जोडी तथा परिवारका सदस्यका लागि छुट्टै व्यवस्था भएकाले यसको महत्व र सान्दर्भिकता बढेको छ’, उनले भने ।

‘आजकाल स्वास्थ्यप्रतिको सचेतनालाई ख्याल गर्दैनन् शारीरिक थकान र तनाव कम गर्न रियल थेरापीजस्ता गन्तव्य उपयुक्त हुन्छन्’, कलाकार दीपकराज गिरीले भने, ‘रियल थेरापीजस्ता आयुर्वेदिक उपचार पद्धत्तिमा आधारित सेवाले मानिसलाई स्वस्थ्यकर बनाउन मद्दत पुग्छ ।’

हास्य कलाकार मनोज गजुरेलले सभ्य र भव्यरुपमा पारिवारिक वातावरणमा खुलेको रियल थेरापी पर्यटकको गन्तव्यका रुपमा विकास हुने विश्वास व्यक्त गरे। ‘हामीले बेच्न सक्ने भनेको पर्यटन, कला र संस्कृति नै हो’, उनले भने, ‘हामी पनि हास्य थेरापीमै काम गछौँ, हास्य थेरापीले मानिसको मनलाई सन्तुलित, आनिन्दत र स्वस्थ्य बनाउछ ।’नायिक स्वस्तिमा खड्काले स्पा शारीरिक थेरापी मात्रै नभएर मानसिक थेरापी पनि भएकाले व्यस्त जीवनबाट फुर्सद मिलाएर स्वस्थ्यकर जीवनका लागि पनि रियल थेरापी अपरिहार्य भएको बताइन्।

महानगरपालिका–२६ का वडाध्यक्ष तिवारीले पर्यटकीय नगरी ठमेलमा नयाँ भवनमा भव्य संरचनासहित पारिवारिक वातावरणमा खुलेको रियल थेरापी स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ बन्नेमा विश्वास व्यक्त गरे।रियल थेरापीका सञ्चालक शर्माले विगत २२ वर्षदेखि पारिवारिक वातावरणमा सञ्चालन हुदैँ आएको पहिलो स्पा भएको दाबी गरे। फयामेली स्पा, महिला र पुरुष स्पा छुट्टाछुट्टै रहेको छ । अन्तर्राष्ट्रिय स्तरको आधुनिक सेवा सुरु गरिएको व्यवसायी शर्माले बताए। स्पा पछिल्लो समय वैकल्पिक उपचारको माध्यम पनि बनिरहेको छ । नेचुरोपेथी, आयुर्वेद र पञ्चकर्मका रुपमा लिइन्छ। आयुर्वेद चिकित्साको निगरानीमा सबैखालका मानिसलाई मध्यनजर गरेर ‘हेल्ट प्याकेज’ बनाइने शर्माको भनाइ छ।

रियल थेरापीमा साउना, स्टिम, जाकुजी, युनिसेक्स सलुनलगायत सेवा पाइन्छ। एक पटकमा ४५ महिला र ६५ पुरुषलाई सेवा दिनेगरी रियल थेरापीको संरचना विस्तार गरिएको छ। रियल थेरापीलाई आगमी दिनमा चेनको रुपमा विस्तार गर्ने योजना रहेको शर्माको भनाइ छ।