काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको केन्द्रिय कार्यालय अनुगमन गर्नुका साथै वार्षिक बजेट बैठककाे उद्धघाटन गरेका छन्। बिहीबार मन्त्री तामाङले २०८०/८१ को समिक्षा र आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक योजना तथा बजेट प्रक्षेपण बैठककाे उद्धघाटन गरेका हुन्। बैठक भाेलिसम्म चल्नेछ। मन्त्री तामाङले निगमको निरीक्षण तथा बैठककाे उद्धघाटन प्रश्चात् निगमकाे हित हुने कार्यमा सधैं आफुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
निरीक्षण पछिको बैठकमा मन्त्री तामाङलाई विभागीय प्रमुख तथा निर्देशकहरुले विषयगतरुपमा जानकारी गराएका थिए। यसका अलवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले हाल सम्म हासिल गरेको उपलब्धी तथा भावि योजनाका बारेमा जानकारी गराएका थिए। निरीक्षण पछिको बैठकमा मन्त्री तामाङलाई विभागीय प्रमुख तथा निर्देशकहरुले विषयगतरुपमा जानकारी गराएका थिए।
उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेयको समेत उपस्थिती रहेको थियो भने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगममा स्वागत गरेका थिए। सो अवसरमा कार्यकारी अध्यक्ष अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलव्धिहरू र भावी योजनाहरूको बारेमा जानकारी गराएका थिए।
बैठकमा निगमका कार्यकारी अध्यक्ष लगायत नायव महाप्रवन्धक, निगमका सम्पूर्ण विभागीय प्रमुखहरु, निगमका दश वटै अन्तर्राष्ट्रिय स्टेशनका प्रमुखहरु, सम्बन्धित महाशाखा तथा शाखा प्रमुखहरु र निगममा क्रियाशिल चार वटै ट्रेड युनियनका अध्यक्षहरुको उपस्थिति रहेको थियो। उक्त अवसरमा निगमका बजार व्यवस्थापन विभागका निर्देशक टंकनिधि दाहालले निगमको हालको बजार स्थिति र बजारीकरणको विषयमा प्रस्तुतीकरण गरेका थिए।
प्रतिक्रिया