काठमाडौं – साताको अन्तिम कारोबारको दिन बजार झिनो अकंले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.७९ अकंले बढेर २०१८.७६ बिन्दुमा बन्द भएको छ। बिहिबार ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँ बढीकाे कारोबार भएकाे छ।
११ उपसूचक आज राताम्य हुँदा माइक्रोफाइनान्समा लगानीकर्ता झुम्मिएका छन्।आज माइक्रोफाइनान्स समूहको ३.८० प्रतिशत र अन्य समूहको ०.२२ प्रतिशतले शेयर मूल्य बढेको हो। बिहिबार बैकिङ्ग समूहको ०.२२ प्रतिशत, विकास बैंक समूहको १.०७ प्रतिशत, फाइनान्स समूहको १.४५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८२ प्रतिशतले शेयर मूल्य घटेको छ।
प्रतिक्रिया