काठमाडौं– माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्तर्गत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बिमा अन्तर्गतको १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । बैंकले आर्दशनगर विरगञ्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाईक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवलाई बिमा रकम हस्तान्तरण गरेको हो ।
बैंकका चिफ बिजनेश अफिसर श्री डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन् ।
बैंकल न्यू स्मार्ट तलव खाता अन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बिमा, १ लाख सम्म अस्पताल भर्ना एंव औषधि उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको छ ।






About Us
प्रतिक्रिया