काठमाडाैं– अधिकांश वाणिज्य बैंकहरुले जेठ महिनालाई लक्षित गर्दै सोमबार नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।जेठका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकहरुले बैशाखको तुलनामा व्यक्तिगत मुद्दती निक्षेफतर्फको ब्याजदर घटाएका छन् ।
वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशत दिने भएका हुन् । यसैगरी जेठका लागि तीन बैंकले ब्याजदर सामान्य बढाएका छन्। ब्याजदर बढाउनेमा एनआइसी एशिया, प्रभु र ग्लोबल आइएमइ बैंक छन्।
जेठका लागि एनआइसी एशिया बैंकको ७.७५ प्रतिशतबाट बढेर ब्याजदर ७.८ पुगेको छ। प्रभु र ग्लोबल आइएमइ बैंक दुवैले ७ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याएका छन्। अहिले सबैभन्दा धेरै ब्याज एनएमबी बैंक र एनआइसी एशिया बैंकबाट पाइने भएको छ। यी दुवै बैंकले अधिकतम ७.८ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्।
१९ वाणिज्य बैंकमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा कम ब्याजदर दिने भएको छ। बैंकले सबैभन्दा कम ६.४ प्रतिशत ब्याजदर दिने भएको हो। निक्षेपको ब्याजदर घट्दै जाँदा कर्जाको ब्याजदर थप घट्ने देखिन्छ।
जेठको लागि बैंकहरूले प्रकाशित गरेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरः
प्रतिक्रिया