एनएलजी इन्स्योरेन्सको कुल बीमा शुल्क पौने २ अर्ब

एनएलजी इन्स्योरेन्सको कुल बीमा शुल्क पौने २ अर्ब



काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१को तेश्रो त्रैमास सम्म १ अर्ब ४५ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा १३ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ८.४९ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै कम्पनीले ५० करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा खुद बीमा शुल्क आर्जन १.४० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.४९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २११.४१ रुपैयाँ रहेको छ ।