काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०\८१को तेश्रो त्रैमाससम्म ८ अर्ब २० करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ६० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २२.२१ प्रतिशतले वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ६० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २२.२१ प्रतिशतले वृद्धि भएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्यङ्कनको क्रममा तलमाथि हुनेछ ।
कम्पनीले समीक्षा अवधिमा २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.५० प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको मुनाफामा बृद्धि हुँदा कम्पनीको प्रतिशेयर आम्दानी ९.८० रुपैयाँ पुगेको छ । त्यस्तै, प्रति शेयर नेटवर्थ १४८.६५ रुपैयाँ रहेको छ । देशमा जारी आर्थिक संकटका बीचमा समग्र जीवन बीमा व्यवसायमा असर परिरहेको समयमा नेपाल लाइफले भने उत्कृष्ट नतिजा दिन सफल भएको छ ।
प्रतिक्रिया