अत्तरिया – कैलालीको अत्तरियामा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा एक दिने बाख्रा पालन तालिम आयोजना गरिएको छ। गोदावरी नगरपालिका – ४ बसन्तपुर अत्तरियामा रहेको लघुवित्तले ६५ महिलाहरुलाई बाख्रापालन तालिम दिएको हो।
तालिमको शनिबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिका ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दे अध्यक्ष मल्लले गोदावरीको लागि आवश्यक मासु यस क्षेत्रमै उत्पादन गर्न आवश्यक रहेको बताए । उनले जमै कुरा विदेशबाट ल्याउन यस क्षेत्रको विकास नहुने भएकाले स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए।
कार्यक्रममा बोल्दै कैलाली चम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले स्थानीय उत्पादन उपभोगमा जोड दिन सके स्थानीय व्यवसाय फस्टाउने बताए । उनले आफूले पनि लुगा कपडा देखि लिएर खानेकुरा सकेसम्म यस क्षेत्रमै उत्पादन भएको प्रयोग गर्ने गरेको बताउँदै सबैले स्थानीय बस्तुको उपभोग गरे मात्रै व्यवसाय फस्टाउने बताए।
कार्यक्रमको अध्यक्षता गरेका सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था अत्तरिया शाखाका प्रमुख दिपक महराले लघुवित्तमा आवद्ध सदस्यहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरेको बताए । उनले ऋण प्रभाव गर्नु अघि तालिम दिदा ऋणको सहि सदुपयोग हुने बताए । सूर्योदय वोमी लघुवित्तको अत्तरिया शाखामा हाल १ हजार ५ जना सदस्य आवद्द छन। देशैभरी १७३ शाखा रहेको सूर्योदय वोमी लघुवित्तमा १ लाख ९० हजार सदस्य आवद्ध रहेको जनाइएको छ।
प्रतिक्रिया