काठमाडौं– लक्ष्मी सनराइज बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७५ लाख ८८ हजार ३९७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक शेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई यस बैंकको मुख्य कार्यालयमा लिखित आवेदन दिन सक्ने छन् ।
यो पटकको लिलामीमा सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । तोकिएको समयावधी भित्र विद्यमान संस्थापकहरूबाट शेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानून प्रक्रिया अगाडी बढाईने बैंकले जनाएको छ ।






About Us
प्रतिक्रिया