काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणलीमा निक्षेप संकलनमा केही गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार १ अर्बले निक्षेप संकलन घटेको हो । राष्ट्र बैंकको वैशाख २२ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ६५ अर्ब निक्षेप संकलन भएको छ। वैशाख २१ गते भने ६१ खर्ब ६६अर्ब निक्षेप रहेको थियो ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा वाणिज्य बैंकहरुबाट ५४ खर्ब ५२ अर्ब निक्षेप संकलन भएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा पनि घटेको छ । बैंकको तथ्यांकअनुसार गत शनिबारसम्ममा कुल कर्जा प्रवाह ५१ खर्ब ३ अर्ब भएको छ । बैंकको तथ्यांकले वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाहमा स्थिर रहेको उल्लेख गरेको छ। पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकले ४५ खर्ब १३ अर्ब कर्जा प्रवाह गरेको छ। सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ८०.४६ कायम भएको छ।
त्यस्तै, बैंकको तथ्यांकले अन्तर बैंक ब्याजदर भने स्थिर रहेको छ। केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर २.४९ प्रतिशत रहेको देखाएको छ।






About Us
प्रतिक्रिया