काठमाडौं – नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रालिको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको छ।
राष्ट्र बैंकको निर्देशनको परिपालना नगरेको पाइएपछि इ–नेट पेमेन्टको अनुमतिपत्र खारेज गरिएको हो। राष्ट्र बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै इ–नेट पेमेन्ट प्रा.लि. को भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध अर्थात् खारेज गरिएकाे जानकारी दिएकाे छ।
राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकका रुपमा कार्य गर्ने गरी मिति २०७६ फागुन २१ मा अनुमतिपत्रप्राप्त इ–नेट पेमेन्टले बैंकको निर्देशनको परिपालना नगरेको देखिएकोले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्योट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १ (ग) को व्यवस्थाबमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको ३१ औं दिनदेखि लागू हुने गरी खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया