बैंकिङ्ग क्षेत्रमा तरलता ६२ खर्ब माथि, अन्य सूचक कस्तो ?

बैंकिङ्ग क्षेत्रमा तरलता ६२ खर्ब माथि, अन्य सूचक कस्तो ?


काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणाली निक्षेप संकलन ६२ खर्ब माथि पुगेको छ । राष्ट्र बैंकको जेठ ९ र १० गतेको तथ्यांकलाई नियाल्ने हो भने एक दिनमा निक्षेप संकलन १ अर्बले घटेको देखाउँछ । राष्ट्र बैंकको जेठ १० गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६२ खर्ब ४ अर्ब निक्षेप संकलन भएको छ। जेठ ९ गते भने ६२ खर्ब ४ अर्ब निक्षेप रहेको थियो ।

सो समयमा वाणिज्य बैंकहरुबाट ५४ खर्ब ८७ अर्ब निक्षेप संकलन भएको छ। बैंकको तथ्यांकले वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाहमा पनि केही घटेको उल्लेख गरेको छ। सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ८ं०. २५ कायम भएको छ। ९ गते सिडी रेसियो ८०.२३ रहेको थियो । यसरी हेर्दा बैंकको सिडी रेसियो घटेको देखिन्छ ।

केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर २.९८ प्रतिशत रहेको देखाएको छ। ९ गते पनि अन्तर बैंक ब्याजदर २.९८ प्रतिशतनै रहेको थियो ।