आर्थिक गतिविधिमा आएको शिथिलताका कारण कर्जा असूलीमा दबाब

आर्थिक गतिविधिमा आएको शिथिलताका कारण कर्जा असूलीमा दबाब


काठमाडौं– पछिल्लो चरण अन्तर्राष्ट्रिय रुपमा देखापरेको आर्थिक मन्दीको असर नेपालको बैंकिङ्ग प्रणालीमा पनि पर्दै आएको छ । आर्थिक मन्दीसँगै आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंकहरुलाई कर्जा असुलीमा दबाब सिर्जना भएको हो । नेपाल राष्ट्र बैंककाअनुसार केही समययता निष्क्रिय कर्जा अनुपात केही बढेको छ ।

केन्द्रीय बैंककाअनुसार २०८० फागुनमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ । फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९.४१ प्रतिशत रहेको छ । कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रतिशत रहेकोले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा रहेको देखिन्छ ।