१० ठूला बैंकको अडिट गर्न ५ लेखापरीक्षक कम्पनी सर्टलिष्टमा

१० ठूला बैंकको अडिट गर्न ५ लेखापरीक्षक कम्पनी सर्टलिष्टमा


काठमाडौं– नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ लेखापरीक्षक कम्पनी सर्टलिष्टमा परेका छन् । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा १० ठुला बैंकको अडिट गर्न लागेको हो । केन्द्रीय बैंकले ठुला बैंककाे लेखापरिक्षणका लागि २ वटा नेपाली र ३ वटा विदेशी लेखापरीक्षक कम्पनी छनोट गरेको जनाएको छ ।

विदेशी लेखापरीक्षक कम्पनीमा नेदरल्याण्ड, भारत र पाकिस्तानका रहेका छन्। नेदरल्याण्डको डेलोइट फाइनान्सियल एडभाइजर बिभी, भारतको केपिएमजी एसुरेन्स एण्ड कल्सटेन्ट सर्भिस, पाकिस्तानको केपिएमजी तसिर हादी एण्ड रहेका छन्।

त्यस्तै नेपाली लेखापरीक्षक कम्पनीमा जेभी एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ड र जेभी सिएससी एण्ड प्राइस वाटर हाउस कपर प्राइभेट लिमिटेड रहेका छन् । राष्ट्र बैंकले सर्टलिस्टमा परेका यि ५ कम्पनीबाट एक कम्पनीलाई नियुक्त गर्ने जनाएको छ ।