मेरो माइक्रोफाइनान्सद्वारा नवनियुक्त कर्मचारीहरूलाई अभिमुखिकरण तथा पूर्व सेवाकालीन तालिम

मेरो माइक्रोफाइनान्सद्वारा नवनियुक्त कर्मचारीहरूलाई अभिमुखिकरण तथा पूर्व सेवाकालीन तालिम


काठमाडौं–मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नवनियुक्त कर्मचारीहरूलाई ३ दिने अभिमुखिकरण तथा पूर्व सेवाकालीन तालिम तथा सम्पन्न गरेको छ । तालिममा २२ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । कर्मचारीहरुलाई संस्था सम्बन्धी कामहरु, नीति–नियमको बारेमा जनकारी गराउने उदेश्यले दिइएको संस्थाले जनाएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्थाका ग्राहकहरूलाई चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति सक्षम हुने बताए । साथै कर्मचारीहरूलाई संस्थाको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराइएको थियो । संस्थाले मुलुकभर १४९ शाखा कार्यालयहरु, २४ अनुगमन कार्यालयहरुमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।