काठमाडाैं– सामान्यतया वित्त सम्बन्धी ज्ञान हुनु वा साक्षर हुने अवस्था नै वित्तीय साक्षरता हो । वित्तीय साक्षरता भन्नाले वित्तीय क्रियाकलापहरूको बारेमा ज्ञान प्रदान गर्नु, वित्तीय निर्णयहरू लिन सक्ने बनाउनु, साथै व्यक्तिहरूले बैंकमा बचत खाता खोल्न, बचत गर्न, ऋण लिन, ब्याजदर, बिमा, बजार अध्ययन र वित्तीय योजनाहरू तथा निर्णयहरू गर्न सक्ने क्षमता प्राप्त गर्नुलाई वित्तीय साक्षरता भनिन्छ । यसलाई वित्तीय उपभोक्ता/लगानीकर्ताहरूले वित्तीय उत्पादनहरू, अवधारणाहरू, जोखिमहरू, जानकारी, निर्देशन वा उद्देश्यको माध्यमबाट वित्तीय जोखिमहरू,अवसरहरू बारे थप सचेत हुनका लागि सीप र आत्मविश्वासको विकास गर्ने प्रक्रियाको रूपमा परिभाषित गरिएको छ ।
वित्तीय साक्षरताको अभिवृद्धि एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय विकासको महत्त्वपूर्ण अवस्था हो। यसले व्यक्तिहरूलाई आर्थिक नियमन, वित्तीय प्रवीणता र वित्तीय योजनाहरूको प्रभावी प्रयोग गर्न सहायक बनाउँछ। वित्तीय साक्षरता विभिन्न स्तरहरूमा हुन सक्छ । जसमा व्यक्तिगत, सामुदायिक र राष्ट्रिय स्तरको साक्षरताले अर्थतन्त्रको समृद्धि र स्थिरता बढाउँछ। वित्तीय साक्षरता व्यक्तिगत, सामुदायिक, व्यावसायिक, र सामाजिक स्तरका समुदायहरूको आवश्यकतामा आधारित गरिएका हुन्छन्।
वित्तीय साक्षरता व्यक्तिहरूले वित्तीय सेवाहरूको प्रयोग र वित्तीय क्रियाकलापमा उच्च स्तरको क्षमता, बचत, ऋण प्राप्ति, तथा वित्तीय योजनाहरू सम्बन्धी ज्ञान र पारिवारिक बजेट अवलम्बन गर्दछ। पारिवारिक बजेटले परिवारभित्रको आम्दानीका स्रोतहरूको राम्रोसँग उपयोग गर्न र खर्चलाई व्यवस्थित एवं आवश्यकताका आधारमा खर्च गर्न सहयोग गर्दछ। वित्तीय रूपले साक्षरता भएका व्यक्तिहरूले आफ्नो वित्तीय निर्णयहरू प्रणाली र बजारको समझदारी आधारित गर्न सक्छन्, जसले उनीहरूलाई आर्थिक समृद्धि र सुरक्षा प्राप्त गर्न सहजता मिल्नेछ। वित्तीय साक्षरता विभिन्न प्रकारका हुन्छन्, जसले विभिन्न स्तरका व्यक्ति तथा समुदायहरूलाई वित्तीय बजारहरूमा संलग्न र शिक्षित लगानीकर्ता बन्न, वित्तीय ज्ञान र क्षमता अभिवृद्धिमा मद्दत गर्दछ । वित्तीय साक्षरतालाई यसरी पनि हेर्न सकिन्छ ।
१) सामान्य वित्तीय साक्षरता : यसले व्यक्तिहरूलाई सामान्य वित्तीय नियम, बचत, कर्जा, खाता खोल्ने प्रक्रिया र सामान्य वित्तीय अभ्यासहरू सम्बन्धी शिक्षा प्रदान गर्दछ । सामान्य वित्तीय साक्षरताले दैनिक जीवनमा आइपर्ने वित्तीय अवधारणा र अभ्यासहरूलाई जनाउँछ ।आम्दानी र खर्चलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नको लागि बजेट बनाउन, नियमित पैसा बचत गर्ने बानीको विकास गर्न सहयोग पुर्याउँछ ।
२) डिजिटल वित्तीय साक्षरता : डिजिटल भुक्तानी कारोबार बढ्दै जाँदा डिजिटल वित्तीय साक्षरताको आवश्यकता बढ्दै गइरहेको छ । डिजिटल वित्तीय साक्षरताले प्रभावकारी रूपमा वित्तीय व्यवस्थापन गर्न आवश्यक ज्ञान, सीपलाई समेटेको हुन्छ । डिजिटल वित्तीय साक्षरताभित्र डिजिटल वित्तीय सेवाहरू बारे सचेत हुनु, वित्तीय सुरक्षा जागरूकता, पैसा व्यवस्थापन गर्नु, अनलाइन बैंकिङ कारोबार गर्न जान्नु, शेयर बजार सम्बन्धी ज्ञान, अनलाइन किनमेलबारे बुझ्नु, वित्तीय सशक्तिकरण र समावेशीकरणमा जोड जस्ता कुराहरु पर्दछन् ।
३) व्यावसायिक वित्तीय साक्षरता : यसले उद्यमीहरूलाई उचित ऋणको प्राप्ति, व्यापारिक निर्णयको लागि वित्तीय विश्लेषण र आर्थिक योजनाहरू बनाउने ज्ञान प्रदान गर्दछ । व्यावसायिक वित्तीय साक्षरताले व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सान्दर्भिक वित्तीय अवधारणा, सिद्धान्तहरूको ज्ञान र बुझाइलाई जनाउँछ । व्यावसायिक वित्तीय साक्षरताले व्यवसायलाई वित्तीय विवरणहरू( ब्यालेन्स सिट, आय विवरण, र नगद प्रवाह विवरण) जस्ता वित्तीय विवरणहरू बुझ्ने सहयोग पुर्याउँछ । व्यावसायिक वित्तीय साक्षरताले व्यवसायलाई नगद प्रवाह व्यवस्थापन, बजेटको विकास र व्यवस्थापन, लगानी गर्ने निर्णय, व्यवसाय गर्दै जाँदा आइपर्ने हरेक जोखिम व्यवस्थापन गर्न, व्यापार लेनदेनको कर प्रभावहरू बुझ्दै र कर कानून र नियमहरूको अनुपालन गर्न महत्त्वपूर्ण योगदान दिएको हुन्छ ।
४) सामुदायिक वित्तीय साक्षरताः सामुदायिक वित्तीय साक्षरता भन्ने बितिकै कुनै एक समुदायका वित्तीय अवधारणा, सीपहरू र ज्ञानलाई बुझाउँछ । यसमा समुदायहरूलाई बचत, ऋण, बीमा र अन्य वित्तीय सेवाहरूको प्रयोग गर्न सिकाउछँ । सामुदायिक वित्तीय साक्षरताले बजेट, बचत, लगानी, ऋण व्यवस्थापन, वित्तीय उत्पादन र सेवाहरू बुझ्ने जस्ता आधारभूत वित्तीय अवधारणाहरूमा शिक्षा प्रदान गर्छ । त्यस्तै, सामुदायिक वित्तीय साक्षरता बजेटिङ र पैसा व्यवस्थापन गर्न, बैंकिङ्ग र वित्तीय सेवाहरू बुझ्न, क्रेडिट र ऋण व्यवस्थापन गर्न, लगानी र सेवा निवृत्ति योजना गर्न, उपभोक्ता अधिकार र वित्तीय ठगीबाट जोगिन सहयोग गर्ने गर्दछ ।
५) राष्ट्रिय वित्तीय साक्षरता : यसमा राष्ट्रिय स्तरका वित्तीय साक्षरता कार्यक्रमहरूको विकास र अवलोकन गराइन्छ । जसले राष्ट्रिय स्तरका वित्तीय स्थिति र विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ । राष्ट्रिय वित्तीय साक्षरताले नीति र कानून बनाउन, वित्तीय साक्षरतालाई प्राथमिकदेखि उच्च शिक्षासम्मका विभिन्न तहमा विद्यालय पाठ्यक्रममा एकीकृत गर्दै लैजान, जनचेतना जगाउन, वित्तीय शिक्षा पहलहरू प्रदान गर्न, अनुसन्धान र मूल्याङ्कन गर्न वित्तीय सेवाहरूमा पहुँच सुनिश्चित गर्न, प्रभावकारी वित्तीय शिक्षा र परामर्श सेवाहरू प्रदान गर्न सहयोग पुर्याउँछ । राष्ट्रिय वित्तीय साक्षरता पहलहरूले व्यक्ति र परिवारको वित्तीय कल्याणमा सुधार गर्ने, अर्थतन्त्रलाई सुदृढ पार्ने, सामाजिक समावेशीकरण र समानतालाई प्रवर्द्धन गर्ने लक्ष्य राख्दछ ।
वित्तीय साक्षरता प्रक्रिया विभिन्न चरणहरूमा विभाजित गरिन्छ । जसमा व्यक्तिहरूलाई वित्तीय ज्ञान र क्षमता विकास गराउनका लागि योजना तय गरिएको छ । यसमा केही मुख्य चरणहरूलाई यसरी औँल्याइएका छन् ।
१) आवश्यकता विश्लेषण : वित्तीय साक्षरताको आवश्यकता र आवश्यक उपायहरूको विश्लेषण गरिन्छ । यसले विशिष्ट लक्ष्यहरू, लाभहरू, र उद्देश्यहरू निर्धारण गर्दछ ।
२) शिक्षण तथा प्रशिक्षण : उपयुक्त वित्तीय साक्षरता पाठ्यक्रमहरू तथा प्रशिक्षण कार्यक्रमहरू योजना गरिन्छ । यसले वित्तीय ज्ञान र कौशल विकसित गर्न माध्यम प्रदान गर्दछ ।
३) सञ्चालन र अनुप्रयोग : उपयुक्त वित्तीय सेवाहरूको प्रयोग र सम्पन्नता प्राप्त गर्नका लागि व्यक्तिहरूले वित्तीय साक्षरता प्राप्त गर्ने कौशलहरूको अनुप्रयोग गर्दछन् ।
४) अभिप्रेरणा र समर्थन : वित्तीय साक्षरता कार्यक्रमहरूको सफलता गर्नका लागि समुदाय सदस्यहरूको अभिप्रेरणा र समर्थन अत्यन्त आवश्यक हुन्छ ।
५) मूल्यांकन र अनुगमन : अन्तिम चरणमा वित्तीय साक्षरता कार्यक्रमको प्रभाव र समृद्धिलाई मूल्यांकन र अनुगमन गर्ने गरिन्छ । जसले संशोधन र परिमार्जनका लागि मार्गदर्शन पनि प्रदान गर्दछ ।
विस्तृत रूपमा भन्नुपर्दा वित्तीय साक्षरताले व्यक्तिहरूलाई उनीहरूको वित्तको बारेमा सही समयमा उचित निर्णयहरू गर्न सक्षम बनाउँछ। वित्तीय साक्षरताले विनाशकारी वित्तीय गल्तीहरूलाई रोक्न सक्छ। वित्तीय साक्षरताले मानिसहरूलाई वित्तीय आपत्कालको लागि तयार गर्छ । बचत वा आपत्कालीन तयारी जस्ता विषयहरूले व्यक्तिहरूलाई अनिश्चित समयको लागि तयार पार्छ । वित्तीय साक्षरताले व्यक्तिहरूलाई उनीहरूको लक्ष्यमा पुग्न मद्दत गर्न सक्छ। कसरी बजेट बनाउने, पैसा बचत गर्ने भन्ने राम्रोसँग बुझेर योजनाहरू तय गर्न सक्छन् । उनीहरूलाई आफ्नो वित्तप्रति जबाफदेही बनाउँछन्। महत्त्वपूर्ण वित्तीय लक्ष्यहरू प्राप्त गर्नको लागि योजना बनाउन सक्छन् । यसलाई पूरा गर्न मद्दत गर्न सक्छ । वित्तीय साक्षरताले आत्मविश्वासलाई निम्त्याउँछ।
वित्तीय साक्षरताले विभिन्न वित्तीय ज्ञान र सीपहरूको संज्ञानात्मक बुझाइलाई जनाउँछ। यसले ज्ञान र व्यवहारहरू समावेश गर्दछ जसले व्यक्तिलाई पैसाको बारेमा सूचित निर्णयहरू गर्न अनुमति दिन्छ। बजेट सिर्जना गर्दा खर्च, लगानी, बचत र दिनको लागि पैसा विनियोजन गर्नु समावेश छ । एक राम्रो सन्तुलित बजेटले बचत र लाभदायक लगानीको लागि ठाउँ छोड्दा अवस्थित ऋण भुक्तान गर्दछ । लगानीमा ब्याज दर, मूल्य स्तर, विविधीकरण र जोखिम न्यूनीकरण जस्ता लगानी घटकहरू बुझ्दा स्मार्ट वित्तीय निर्णयहरू र सम्भावित रूपमा आय वृद्धि गर्न सक्षम बनाउँछ। पैसा उधारो प्रभावकारी रूपमा ब्याजदर, चक्र वृद्धि ब्याज, पैसाको समय मूल्य, भुक्तानी अवधि र ऋण संरचनाको ज्ञान चाहिन्छ । वित्तीय साक्षरताले व्यवहारिक उधारो दिशानिर्देशहरू प्रदान गर्दछ र दीर्घकालीन वित्तीय तनाव कम गर्दछ । विभिन्न प्रकारका करहरू र तिनीहरूको आयमा पार्ने प्रभावको बारेमा ज्ञान प्राप्त गर्नु महत्त्वपूर्ण छ । चाहे त्यो रोजगारी होस्, लगानी होस्, भाडा होस्, विरासत होस् वा अप्रत्याशित आम्दानी होस् । आर्थिक रूपमा साक्षर हुनुले व्यक्तिहरूलाई वित्तीय चुनौतीहरूको लागि राम्रोसँग तयार हुन, ठगीको जोखिम कम गर्न, शिक्षाको लागि बचत, सेवा निवृत्ति र व्यवसाय चलाउने जस्ता विभिन्न जीवन लक्ष्यहरूलाई पुरा गर्न सहयोग गर्दछ।
नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरुरले निरन्तर रुपमा वित्तीय साक्षरता कार्यक्रमहरू गराउँदै आइरहेका छन् । जसमा बचतको महत्त्व, कर्जाको सदुपयोगीता, ब्याजदर, बिमाको बारेमा जानकारी गराउनु साथै नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था खास गरी वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाहरू गरी ४ प्रकारका वित्तीय संस्था र यी संस्थाहरूलाई क्रमशः क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाको रुपमा समेत वर्गीकरण सम्बन्धी जानकारी गराउँनु ,बैंकिङ्ग क्षेत्रमा प्रयोग भएका डिजिटल माध्यमहरु ईन्टरनेट बैंकिङ्ग, मोबाईल बैंकिङ्ग, एटिएम कार्ड, मोबाईल वालेट, एसएमएस बैंकिङ्ग आदी विषयमा साक्षरता गराउँदै आइरहेको पाइन्छ।
हाम्रो समाजमा वित्तीय साक्षरतालाई प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थाहरू नीति निर्माताहरूमा निर्भर छ। वित्तीय साक्षरताको बलियो आधारले विभिन्न जीवन लक्ष्यहरूलाई समर्थन गर्न मद्दत गर्न सक्छ। वित्तीय साक्षरताको ज्ञान भएका व्यक्तिहरूलाई सशक्त बनाउनुले समाज र सम्पूर्ण राष्ट्रहरूमा प्रत्यक्ष प्रभाव पार्नेछ।
पाण्डे लघुवित्त क्षेत्रमा कार्यरत छन् ।
प्रतिक्रिया